काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै १ हजार ७८३ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले शनिबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ६६५ जना, भक्तपुरमा ७५ जना र ललितपुरमा १ हजार ४३ जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबारसम्म सबक्रिय संक्रमितको संख्या घटेर ६ हजार ९४७ जनामा झरेको छ ।





















