एजेन्सी । उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न नसकेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफुहरु भन्दा नेटो राष्ट्र कमजोर भएको अरोप लगाएका छन् ।
जेलेन्स्कीले उक्रेनी आकाश निषेधित क्षेत्र धोषणा गर्न नेटोलाई गरेको आग्रहलाई नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने जवाफ दिए संगै जेलेन्स्कीले नेटो प्रति त्यस्तो आरोप लगाएका हुन् ।
र्
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने भएकाले अप्रिय निर्णय गर्नुपरेको बताएको बीबीसीमा उल्लेख छ । तर युक्रेनलाई आवश्यक अरु विभिन्न सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ ।
यो निर्णय लगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य गठबन्धन नेटोको कडा आलोचना गर्नुभएका हुन । नेटोले नियतवश युक्रेनको आकाश प्रतिबन्धित गर्न नचाहेको र यसबाट आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् भन्ने सावित भएको उनले टिप्पणी गरे ।
जेलेन्स्कीले युक्रेन यो युद्धबाट जोगिएन भने, पूरै युरोप पनि नजोगिने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो । हिजो रुसले युरोपकै सबैभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ ।
रुसले मुख्य मुख्य सहरमा आक्रमणलाई तिब्रता दिएको छ ।


