काठमाण्डौं । चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका १ ब्यत्तिलाई प्रहरीले राजधानीबाट फक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका २ घर भएका ४० वर्षीय राजन प्रजा रहेको प्रहरीले जनाएको छ ।
प्रजा काठमाण्डौं महानगरपालिका १६ बनस्थलीमा लुकिछिपी रहेको भन्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनले जानकारी दिए लगत्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीमा फेला पारी पक्राउ गरेको हो ।
प्रजालाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।


