काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १२६ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ८ हजार ९३३ जनाको नमूना परिक्षणका क्रममा शुक्रबार थप १२६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण देखिएका मध्ये ७ हजार ९१ जनाको पिसिआर गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परिक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ८६७ जना पुगेको छ ।
शुक्रबार नै देशैभर थप ३८५ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५८ हजार १९३ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये १ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९४५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ७ हजार २४२ जना सक्रिय संक्रमत रहेका छन् ।



