दमौली । बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा आज गायक दुर्गेश थापाले बयान दिएका छन् ।
दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा उनले बयान दिदा उनको बिरोधमा चर्को नाराबाजी भएको थियो । थापासँगै गायक सम्राट चौलागाईंले पनि आजै बयान दिएका छन् ।
पलविरुद्ध नाबालिग गायिकाले बलात्कारको जाहेरी दिएपछि पल आफै गत आइतबार प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए ।
प्रहरीले जिल्ला अदालत तनहुँबाट अनुमति लिई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।




















