काठमाण्डौं । नेपाली बजारमा सुनको मुल्य केही दिनयता बढ्ने क्रम जारी छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य साताको अन्तिम दिन शुक्रबार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै गरी, तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।
आज चाँदीको मुल्य प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ । चाँदीको मुल्य शुक्रबार भने स्थिर रहेको छ ।


