पोखरा । पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङको हत्या आरोपमा प्रहरीले २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
चोकेन्द्रको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पोखरा महानगरपालिका २० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । हत्या आरोपमा गुरुङ द्वयलाई वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका १३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो ।


