काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १५८ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ६ हजार ५०४ जनाको नमूना परिक्षणका क्रममा मंगलबार थप १५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मंगलबार संक्रमण देखिएका मध्ये ४ हजार ४५८ जनाको पिसिआर गर्दा ९२ जना र २ हजार ४६ जनाको एन्टिजेन परिक्षण गर्दा ६६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ५२९ जना पुगेको छ ।
मंगलबार नै देशैभर थप ३५४ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५७ हजार १६७ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये २ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ७ हजार ९७१ जना सक्रिय संक्रमत रहेका छन् ।



