एजेन्सी । युक्रेनमा भएको रुसी आक्रमणमा परी १ जना भारतीय विद्यार्थीको ज्यान गएको छ । युक्रेनको खार्किभमा मंगलबार बिहान भएको रुसी बमबारीमा कर्नाटकका २० वर्षीय नवीन शेखरप्पा ग्यानागौदरको ज्यान गएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा चौँथो वर्षमा अध्ययनरत नवीन किराना पसलको अगाडि लामबद्ध भएका बेला भएको रुसी आक्रमणमा परेर मृत्यु भएको उनीसँग सँगै होस्टेलमा बस्ने श्रीधरन गोपालकृष्ननले जानकारी दिएका हुन् ।
नवीनको शवको बारेमा भने आफूहरूलाई कुनै सूचना नभएको उनले बताए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दर्जनौँको मृत्यु भएको खार्किभको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण पाँच लाख २० हजार भन्दा युक्रेनीले घर छोडेका छन् ।


