संखुवासभा । जिल्लाको बालेश्वर जंगलमा मृग मारेको आरोपमा १ युवकलाई बरुवा बन्दुरक र मृग सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका ७ फलाटे बस्ने सभापोखरी गाउँपालिका ४ घर भएका ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई चैनपुर नगरपालिका ७ वालेश्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित सोही सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जंगलमा जनावरको सिकार गरेको बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई मृग मारी घरतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको संखुवा सभा प्रहरीले जनाएको छ ।


