एजेन्सी । युक्रेनमा रहेको विश्वकै सबैभन्दा ठूलो विमानमा रुसले क्षति पुर्याएको छ । रुस र युक्रेनबीचको युद्धमा विश्वको सबैभन्दा ठूलो कार्गो विमान पनि रुसले क्षति पुर्याएको हो ।
युक्रेनले कीभनजिकैको गोस्टोमेले विमानस्थलमा रुसी गोलाबारीमा परी विश्वको सबैभन्दा ठूलो जहाज नराम्ररी क्षतिग्रस्त भएको जनाएको छ । एन्टोनोभ–२२५ म्रिया नामक यो विमान युक्रेनले निर्माण गरेको हो ।
युक्रेनको सरकारी हतियार निर्माता युक्रोबोरोनप्रोमका अनुसार यसको मर्मतमा २२७ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्नने अनुमान गरिएको छ ।
विमानस्थलमा मर्मतका क्रममा रहेको उत्त बिमान सुरक्षित स्थानमा लैजान नसक्दा क्षति भएको हो ।


