तनहुँ । तनहुँ जिल्लाका एक वडाध्यक्ष मृत्त अवस्थामा फेला परेका छन् । देवघाट गाउँपालिका ३ का वडाध्यक्ष कृतिमान आलेको शव आज मृत्त अवस्थामा फेला परेको हो ।
गएको बिहिबारदेखी हराएका वडा अध्यक्षको शव हिजो घरभन्दा माथि गोन्द्राङ पाखा भन्ने भीरमा फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।
बिहीबार कार्यालयको काम सकेर घर गएर पार्टी कामले दमौली जान भन्दै घरबाट निस्किएका उनी त्यसै दिनदेखी सम्र्पक बिहीन भएका थिए ।
सम्पर्क बिहिन भएका वडाध्यक्षको खोजीको क्रममा हिजो अपरान्ह ४ बजे गाउँलेहरूले फेला पारेका हुन् । उनको शव सडकबाट ५० मिटर तल भीरबाट निकालिएको थियो ।
शव पोस्टमार्टमका लागि दमौली अस्पताल लगिएको छ भने वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।


