कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा ८ का अध्यक्ष बहादुरसिंह महराले नेकपा (माओबादी केन्द्र) र आफ्नो वडाध्यक्ष पद परित्यागको घोषणा गरेका छन् ।
अमेरिकी परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि उनले आफू आवद्ध रहेको नेकपा माओवादी केन्द्र पार्टी र वडाध्यक्ष पद परित्याग गरेको घोषणा गरेका हुन्।
महराले सामाजिक सञ्जाल फेसबुकमा जनतासित माफी माग्दै पार्टी र पद छाड्ने जनाएका छन् ।
‘नेकपा माओवाद केन्द्रले राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्नमा सहयोग गरेकाले आजैबाट पार्टीको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधिनताको रक्षाको लडाइमा अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्छु । देश बेच्नेहरूको वडाध्यक्ष पदबाट सोमबार बिहान १० बजे जनतासँग माफी मागरे राजीनामा घोषणा गर्छु,’ उनले लेखेका छन् ।



