एजेन्सी । इटालियन सिरी ‘ए’ मा आज बिहान सम्पन्न खेलमा नापोलीले घरेलु टोली लाजियोमाथि २–१ को रोमाञ्चक जित हात पारेको छ । स्टेडियो ओलिम्पिकोमा भएको खेलमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्ने र फाबियन रूइजले १–१ गोल गरेका थिए ।
घरेलु टोलीका लागि पेड्रोले १ गोल फर्काए । खेलको ६२औं मिनेटमा इन्सिग्नेले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ८८औं मिनेटमा पेड्रोले लाजियोलाई १–१ को बराबरीमा ल्याए ।
थप गरिएको समयमा रूइजले गोल गरेपछि नापोलीले २–१ को रोमाञ्चक जित निकाल्यो । यो जितसँगै शीर्ष स्थानमा उक्लिएको नापोलीले २७ खेलमा ५७ अंक जोड्दा पराजित लाजियो समान खेलबाट ४३ अंकका साथ ७औं स्थानमा छ ।
लिगअन्तर्गत नै भएका अन्य खेलमा काग्लियरी, भिरोना र रोमाले जित हात पारेका छन् ।



