एजेन्सी । रुस युक्रेन युद्वको चौथो दिनसम्म युक्रेनले ठुलो संख्यामा रुसी सेनाको मृत्यु भएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार अहिलेसम्म ५ हजार ३०० भन्दा बढी रुसी सैनिकको ज्यान गएको बताएको छ ।
युक्रेनी उप–रक्षा मन्त्री हान्ना मल्यारले फेसबुक पोस्टमार्फत् अनुमानित रुसी क्षतिको जानकारी दिएकी दिएको भन्दै बिबिसीले रुसको २७ विमान, २६ हेलिकोप्टर तथा १४६ ट्याङ्कमा क्षती पु¥याएको जनाएको छ ।
त्यस्तै गरी, ७०६ बख्तरबन्द गाडी, ४९ तोप, १ बक एयर डिफेन्स सिस्टम, ४ ग्रड मल्टिपल रकेट लन्च सिस्टम, ३० गाडी, ६० ट्याङ्कर, २ ड्रोन र २ डुङ्गामा समेत क्षति पु¥याएको जनाएको छ ।


