काठमाण्डौँ । पल शाह विरुद्ध गैंडाकोटमा अर्को जबरजस्ती करणी जाहेरी परे लगत्तै उनलाई आज पक्राउ गरीएको छ ।
आज गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।
यस्तै गरी, गत बुधबार मात्रै पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो ।
सोही विषयमा थप अनुसन्धानका लागि शाहलाई आज प्रहरीले पक्राउ गरेको जनाएको छ। आजै अदालतले शाहलाई ७ दिन थुमा राखेर अनुसन्धान गर्न समेत अनुमती दिएकाे छ ।


