काठमाण्डौं । काठमाण्डौं महानगरपालिका १ नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भबनमा रहेको एनआइसि एसिया बैंकको एटिएमबाट नगद चोरी गर्ने उद्वेश्यका साथ एटिएम फोर्दै गरेको अवस्थामा १ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
पक्राउ पर्नेमा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका ७ घर भएका २१ वर्षीय आकाश तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनलाई शनिबार गएराति प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त मालिगाउँले जनाएको छ । तामाङले एटिएम फोर्न प्रयोग गर्ने औजार समेत प्रहरीले बरामद गरेको छ ।


