काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १५५ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ५ हजार १५२ जनाको नमूना परिक्षणका क्रममा शनिबार थप १५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये २ हजार २३९ जनाको पिसिआर गर्दा १०१ जना र २ हजार ९१३ जनाको एन्टिजेन परिक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ८० जना पुगेको छ ।
शनिबार नै देशैभर थप ५४० जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५५ हजार ९९८ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये २ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ८ हजार ८३९ जना सक्रिय संक्रमत रहेका छन् ।



