काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई आजसम्मको अल्टिमेटम दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारणा बनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवाले शनिबार दिउँसो ३ः०० बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेम पनि दिएका छन् ।
प्रधानमन्त्रीको अल्टिमेमपछि प्रचण्डले आज पार्टीमा छलफल गरेर निर्णय लिने जानकारी गराएका थिए ।


