तस्बिर उनकै फेसबुक पेजबाट लिईएकाे हाे
काठमाण्डौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्षको उपचारको क्रममा निधन भएको छ । सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडाध्यक्ष नवराज कार्कीको राजधानीमा उपचारको क्रममा ज्यान गएको हो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका कार्की रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ को छिन्चु बजार नजिक यही फागुन ८ गते कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले कार्की सवार भे. ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाईते भएका थिए ।
कार्कीको शुक्रबार राति काठमाण्डौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक एव सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनी सुर्खेतकै सबैभन्दा कान्छा वडाध्यक्षका रुपमा चिनिन्छन् ।


