चितवन । चितवनको खैरहनी क्षेत्रबाट भन्सार छली ल्याएको करिब ३ करोड ५० लाख बरावरका सामाग्री सहित ४ वटा ट्रक र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको खैरहनी नगरपालिका ८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी ल्याउँदै गरेका कपडा, फलामको छड, भाँडावर्तन सहित ४ वटा ट्रक र त्यसका ४ जना चालकलाई प्रहरीले बिहीबार राती नियन्त्रणमा लिएको हो ।
बरामद सामाग्री ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको चितवन प्रहरीले जानकारी दिएको छ ।
पर्साको वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याउदै गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको टोलीले जाँच गर्दा ना. ६ ख ११३ नम्बरको ट्रक लगायत ४ वटा ट्रकमा ल्याउदै गरेको उक्त सामानहरू प्रहरीले बरामद गरेको हो ।
बरामद मालसामान, ४ वटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाईएको चितवन प्रहरीले जनाएको छ ।


