काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २७५ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ८ हजार ६२८ जनाको नमूना परिक्षणका क्रममा शुक्रबार थप २७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण देखिएका मध्ये ५ हजार ४५२ जनाको पिसिआर गर्दा १५८ जना र ३ हजार १७६ जनाको एन्टिजेन परिक्षण गर्दा ११७ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १५ हजार ९२५ जना पुगेको छ ।
शुक्रबार नै देशैभर थप ५५५ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५५ हजार ४५८ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये १ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ९ हजार २८० जना सक्रिय संक्रमत रहेका छन् ।



