काठमाण्डौँ । नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ । सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर अर्थात २.१४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए ।
उक्त सहयोग नेपालमा रहेका ५ वर्षभन्दा माथिका बालबालिकालाई लगाइने खोप खरिदमा खर्च गरिने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।




















