काठमाण्डौं । चन्द्रागिरी नगरपालिका ७ स्थित सडकमा रोकी राखेको सवारी साधानमा गएराती मोटर साइकल ठोकिदा तनहुँ म्याग्देका १ युवकको ज्यान गएको छ ।
बिहीबार राति सडकमा रोकी राखेको बा. २ ख ७०४९ नम्बरको गाडीमा चन्द्रारागिरीतर्फ जाँदै गरेको प्र–३–०२–११ प २९१९ नम्बरको मोटरसाइकल ठोक्किएदा मोटरसाइकल चालक तनहुँ म्याग्दे गाउँपालिका २ घर भई चन्द्रागिरी बस्ने २६ वर्षीय आकाश रानाभाटको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रानाभाटको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।




















