काठमाण्डौं । संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अब अर्को बैठक फागुन १५ गते आइतबार बस्ने भएको छ । तर, मिलेनियम च्यालेन्ज कम्प्याक्टको विरोध प्रदर्शन भने रोकिएको छैन ।
संसद् बैठक स्थगित भए पनि प्रदर्शनकारीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । एमसीसी खारेज गर, गो ब्याक एमसीसीलगायतका नारा लगाउँदै प्रदर्शनकारीले प्रदर्शन गरिएको छन् । सो क्षेत्रमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), वाईसीएल, नेकपा (एस)का जनसंगठनलगायतले एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका हुन् ।


