काठमाण्डौँ । प्रतिनिध सभाको बैठक आज बस्दै छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट प्रस्तावमाथि छलफलका लागि आज अपरान्ह १ः०० बजेका लागि बैठक बोलाइएको हो ।
यसअघि बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा सूचना टाँसेर स्थगित भएको थियो ।
एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । विशेष गरी एमसीसीका विषयमा सत्ता गठबन्धनबीच विवाद छ ।


