काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ ।
बुधबार काठमाण्डौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्मा टेबल भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौताको पक्षमा मतदान गर्ने निर्णय भएको लोसपा सांसद् एकवाल मियाँले बताए ।
प्रतिनिधि सभामा लोसपाका १३ सांसद् छन् । लोसपाले आफ्ना सांसद्हरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन समेत दिएको पनि उनले जानकारी दिए ।


