काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ६२० जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार १७३ जना, भक्तपुरमा २४७ जना र ललितपुरमा १ हजार २०० जना संक्रमित रहेका छन् ।
नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या घटेर १० हजार ९० जनामा झरेको छ ।



