रौतहट । चन्द्रपुर नगरपालिका १ माीथल्लो क्यान्टिन भन्ने स्थानमा करेन्ट लागेर १ जना मित्रीको ज्यान गएको छ ।
घरको छतको ढलानका लागि रड बाधने क्रममा काभ्रे डाँडाखर्क घर भएका २८ वर्षीय रामबहादुर मल्लको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ ।
ढलानको तयारीका लागि रड बाधने क्रममा अचानक रडले मेन लाईनको विजुलिको तारमा छुँदा करेन्ट लागि बेहोस भएका उनको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।




















