सिन्धुपाल्चोक । जिल्लाको ठाटिकुना बनकालीमा आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरिएको छ ।
२८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले बलेफी गाउँपालिका १ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई पक्राउ गरेको छ ।
मंगलबार दाउरा चिर्ने बिषयमा विबादका हुदा जिवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको र उनको जिलल अस्पताल चौतारमा उपचारको क्रममा ज्यान गएको सिन्धुपाल्चोक प्रहरीले जनाएको हो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीको टोलीले जिवनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


