बर्दिया । बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति १ जना महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका ४ का ४१ वर्षीया लिली थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
सैनवार गाउँकी लिली मंगलबार साँझ ७ः०० बजेको समयमा खोरमा रहेको सुँगुरलाई आहारा हाल्न गएको बेला बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरेर मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।
‘बाघले आक्रमण गरेपछि स्थानिले हो–हल्ला गरे पछि बाघ भागेको थियो । बाघको आक्रमणबाट ‘गम्भीर घाइते भएकी लिलीलाई उपचारका भुरीगाउँ लगिएको भएता पनि उपचारकै क्रममा उनको ज्यान गएको थियो ।
बर्दियामा यो वर्ष हालसम्म बाघको आक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।


