काठमाण्डौं । कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ । लामाको निधन भएको अर्का कलाकार शिवहरि पौडेलले पुष्टि गरेका हुन् ।
लामा बुधबार बिहानै मृत फेला परेका थिए । घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन् ।
लामाले नेपाली लोक सगीत क्षेत्रमा थुप्रै चर्चित गीत गाएका छन् । उनले ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’जस्ता थुप्रै लोक गीतहरुमा उनले आवाज दिएका छन् ।
त्यस्तै, उनले बाँध, छक्कापञ्जाजस्ता फिल्महरुमा पनि अभिनय गरेका छन् । लामाले लामो समयसम्म टेलिभिजन श्रृङ्खलामा काम गर्दै आएका थिए ।


