काठमाण्डौं । नेपाल प्रेश युनियनले विधान विपरीत प्रदेश समन्वय समिति बनाउन पत्रकार महासंघले गरेको सर्कुलर स्वीकार गर्न नसकिने जनाएको छ ।
युनियनका कोषाध्यक्ष सरोज अधिकारीले महासंघका प्रदेश अध्यक्षरूबाट जारी विज्ञप्ती स्वागतयोग्य भएको बताउँदै महासंघको साझा चरित्र कायम राखी सर्कुलर तत्काल सच्याउनुपर्ने बताए ।
साझा संस्थामा मनलाग्दी क्रियाकलाप गर्न कसैलाई पनि छुट नभएको भन्दै अधिकारीले विधि प्रक्रिया र वैधानिकता विपरीत महासंघका महासचिवले जारी गरेको सर्कुलर तत्काल खारेज गर्नुपर्ने बताएका हुन् ।



