एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा लिलेलाई पराजित गर्दै चेल्सी विजयी भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले लिलेलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले जित निकालेको हो । चेल्सीको जितमा काइ हाभर्टेजले ८औं मिनेटमा र क्रिस्टियन पुलिसिचले ६३औं मिनेटमा गोल गरेका थिए ।
यी दुई टोलीबीच मार्च १७ मा दोस्रो लेगको खेल हुनेछ ।



