पोखरा । लागुऔषध मुद्दामा पक्राउ परेका र्यापर आशिष राना ‘लाहुरे’ धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतको आदेशबाट ५० हजार धरौटीमा लाहुरे आज रिहा भएका हुन् ।
न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको लाहुरेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
लाहुरेसँगै पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका २१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका ८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको हो ।


