काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ४७६ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ९ हजार ४२४ जनाको नमूना परिक्षणका क्रममा मंगलबार थप ४७६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मंगलबार संक्रमण देखिएका मध्ये ६ हजार ६०४ जनाको पिसिआर गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परिक्षण गर्दा १७७ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १४ हजार ७२१ जना पुगेको छ ।
मंगलबार नै देशैभर थप ८३१ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५३ हजार ४३० जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ३ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९२८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर १० हजार ७४७ जना सक्रिय संक्रमत रहेका छन् ।



