ललितपुर । ललितपुरको इमाडोलमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ युवकलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।
अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका ४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको उजुरी परे लगत्तै महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै गरी सुनसरीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्जु गाउँपालिका ४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई पनि प्रहरी पक्राउ गरेको छ ।
अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । अर्जुनलाइ ईलाका प्रहरी कार्यालय सितागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ ।
दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















