नुवाकोट । नुवाकोटको शिवपुरीमा २४ बर्षिया महिलालाई काम छ भनेर घरमा बोलाएर बलात्कार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिबपुरी गाउँपालिका ७ नयाँगाउँ बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।
राजुले ती महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेको र महिला उक्त ठाउँबाट आफ्नो घरतर्फ फर्किने क्रममा सोही ठाउँस्थित बाटोमा सुजनले पनि जबरजस्ती करणी गरेको अनुसन्धान क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
दुवै जनालार्य अस्थाई प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।




















