कैलाली । कैलालीको भवनीमा भएको विवाह समारोहमा कुटपिट हुदा १ जनाको मृत्यु भएको छ । कुटपिटबाट भजनी नगरपालिका ९ मा बस्ने २५ वर्षीय बसन्त चौधरीको मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भई झगडा हुँदा कुटपिटबाट बसन्त गम्भीर घाइते भएका थिए ।
घाईते बसन्उतको घोडाघोडी अस्पताल सुख्खड कैलालीमा उपचार हुन नसके पछि मेडिकल कलेर कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएकाे हाे ।
कुटपिटमा संलग्न ४ जना प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।




















