ललितपुर । रेडपाण्डाको छाला सहित ललितपुर प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम वाफिकोट गाउँपालिका ५ घर भई काठमाण्डौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसी रहेको प्रहरीले जनाएको छ ।
केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीको टोलीले रेड पाण्डाको २ थान छाला सहित पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका २ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको विशेष सूचनाको आधारमा प्रहरीले केस्लाई पक्राउ गरिएको जनाएको छ ।




















