धादिङ । धादिङको गजुरी बजारबाट प्रहरी सालकको खपटा सहित २ जनालाई पक्राउ गरेको छ ।
गजुरी गाउँपालिका १ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटा सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ बस्ने २४ वर्षी शेरबहादुर तामाङ र काठमाण्डौं शंखरापुर नगरपालिका २ बस्ने १९ वर्षीय मानबहादुर तामाङलाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।
गजुरीबजारस्थित सडकमा आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना. ८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त परिमाणको सालकको खपेटा फेला पारी ट्रक चालक शेरबहादुर र ट्रकमा सवार मानबहादुरलाई पक्राउ गरिएको हो ।
पक्राउ परेको तामाङ द्वय र उनीहरुले ल्याएको सालकको खपटाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




















