काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ४ हजार ३२३ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ६८१ जना, भक्तपुरमा ३९६ जना र ललितपुरमा १ हजार २४६ जना संक्रमित रहेका छन् ।
नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ११ हजार २८२ जनामा झरेको छ ।





















