काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३८८ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ८ हजार १४० जनाको नमूना परिक्षणका क्रममा सोमबार थप ३८८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार संक्रमण देखिएका मध्ये ५ हजार २२५ जनाको पिसिआर गर्दा २४७ जना र २ हजार ९१५ जनाको एन्टिजेन परिक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १४ हजार ५४४ जना पुगेको छ ।
सोमबार नै देशैभर थप १ हजार २०५ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५२ हजार ५९९ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये २ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९२५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ११ हजार २८२ जना सक्रिय संक्रमत रहेका छन् ।





















