काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान गर्दै उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको संभावना रहेको जनाएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले प्रदेश १ लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागको केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।त्यस्तै, रातिमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।




















