मोरङ । केराबारी गाउँपालिका ८ बस्ने २६ वर्षीय वाबुराम भट्टराईको फलामको रडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका ३ बस्ने ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले भट्टराईका हत्या गरी केराबारी गाउँपालिका ८ मा रहेको हजार बिघा सामुदायिक बनमा रहेको ढलेको रुखको जरामुनि खाल्डो खनेर पुरेको अवस्थामा माघ ९ गते भट्टराईको शव फेला परेको थियो ।
अनुसन्धानको क्रममा भट्टराई पुस २७ गते रातिदेखिनै वेपत्ता भएकोमा पुस २८ गते सामान्य विवादको क्रममा कमल लिम्बुले मुक्का तथा फलामको रडले हानेर हत्या गरेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले लिम्बुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बु उपर मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


