काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २६२ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ९ हजार ८१५ जनाको नमूना परिक्षणका क्रममा आइतबार थप २६२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आइतबार संक्रमण देखिएका मध्ये ६ हजार ५७२ जनाको पिसिआर गर्दा २२९ जना र ३ हजार २४३ जनाको एन्टिजेन परिक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १४ हजार १५६ जना पुगेको छ ।
आइतबार नै देशैभर थप १ हजार ३३८ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५१ हजार ३९४ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ४ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९२१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर १२ हजार २४४ जना सक्रिय संक्रमत रहेका छन् ।





















