काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ४ हजार ८०६ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ८९४ जना, भक्तपुरमा ४४५ जना र ललितपुरमा १ हजार ४६७ जना संक्रमित रहेका छन् ।
नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या घटेर १२ हजार २४४ जनामा झरेको छ ।



