भक्तपुर । चाँगुनारायण नगरपालिका ८ सुडाल रानीबारीस्थित सडकमा टिपरले ठक्कर दिदा ८ बर्षिया बालिकाको ज्यान गएको छ ।
बा. ४ ख ७३५२ नम्बरको टिपरको ठक्करले सुडालस्थित बिएम इँटाभट्टामा काम गर्ने काभ्रे महाभारत गाउँपालिका २ घर भएका सूर्यबहादुर मगरकी छोरी ८ वर्षीया बिनिता मगरको ज्यान गएको हो ।
शनिबार राति टिपरले ठक्कर दिँदा गंभिर घाईते भएकी बिनिताको ख्वप अस्पताल च्यामासिंह हुँदै मध्यपुर अस्पताल ठिमीमा थप उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।




















