कञ्चनपुर । कृष्णपुर नगरपालिका ५ वनदेवी मन्दिर नजिकबाट ९२ ग्राम तौलको भालुको पित्त र ५२४ ग्राम यार्सागुम्बा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला कन्कासुन्दरी गाउँपालिका ६ स्थायी घर भई हाल कैलाली गोदावरी नगरपालिका २ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामी रहेको कञ्चनपुरले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कर्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले बृखलाई भालुको पित्त र यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेको बृख र उनको साथमा रहेको भालुको पित्त र यार्सागुम्बा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
जनाएको छ ।


