काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३५० जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ७ हजार ९६ जनाको नमूना परिक्षणका क्रममा शनिबार थप ३५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये ३ हजार ५३८ जनाको पिसिआर गर्दा १९८ जना र ३ हजार ५५८ जनाको एन्टिजेन परिक्षण गर्दा १५२ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १३ हजार ८९४ जना पुगेको छ ।
शनिबार नै देशैभर थप १ हजार २७२ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ४ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९१७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर १३ हजार ३५७ जना सक्रिय संक्रमत रहेका छन् ।



